नियम १४
फोहरमैला व्यवस्थापन कार्यमा गैर सरकारी संस्थाको संलग्नता
(१) ऐनको दफा १५ को उपदफा (५) को प्रयोजनको लागि स्थानीय निकायले फोहरमैला स्रोतमै छुट्याउने, स्रोतमै न्यूनिकरण गर्ने, फोहरमैलाको पुनप्रयोग तथा पुनचक्रीय प्रयोग सम्बन्धमा फोहरमैला उत्पादन गर्ने कम्पनी, संस्था तथा निकायलाई सशक्तिकरण गर्न र फोहरमैला व्यवस्थापन सम्बन्धी जनचेतना अभिबृद्धि गराउने कार्यमा सामुदायिक एवं गैर सरकारी संस्थालाई परिचालन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको कार्यका लागि स्थानीय निकायले फोहरमैला व्यवस्थापनको क्षेत्रमा कार्य गर्ने सामुदायिक एवं गैर सरकारी संस्थाको सूची तयार गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको कार्यका लागि सामुदायिक एवं गैर सरकारी संस्थाको सूची तयार गरी परिचालन गर्ने सम्बन्धी प्रकृया प्रचलित कानून बमोजिम हुनेछ ।